सगरमाथाको चुचुरोमा ‘हामी उठ्ने छौं' अंकित झण्डा प्रदर्शन गर्दै पर्वतारोही फुर्वा तेन्जिङ शेर्पा। तस्विरः वि विल राईज फाउण्डेसन
‘हामी उठ्ने छौं' अंकित झण्डा पर्वतारोही फुर्वा शेर्पाले शुक्रबार बिहान सर्वोच्च शिखरमा फहराएका छन्।
विश्वभर भूकम्पबाट थलिएको नेपाल फेरि उठ्ने छ भन्ने सन्देश प्रवाह गर्न उनले पहिलो वार्षिकीमा यो साहसिक कदम चालेका हुन्।
नेपालको पुनः निर्माणमा संसारकै ध्यानाकर्षण होस् भन्ने पनि आरोहणको उद्देश्य रहेको विविल राइज फाउन्डेसनले जनाएको छ।
सगरमाथाको दसौं आरोहणलाई फुर्वाले भूकम्पमा दिंवगत करिब ९ हजारप्रति समर्पित गरेका छन्। फाउन्डेसनले दाबी गरेको छ।