स्पेनिस फुटबल क्लव बार्सिलोनाका सुपरस्टार अर्जेन्टिनी खेलाडी लियोनल मेसीविरुद्ध कर छलेको आरोपमा स्पेनमा मुद्दा चल्ने भएको छ।
मेसी र उनका बाबुमाथि उनीहरुले सन् २००७ देखि २००९ सम्मको आफ्नो आम्दानी लुकाएको आरोप लागेको छ।
स्पेनका एक न्यायाधीशले अभियोजन पक्षको मेसीको वित्तीय मामिलाका लागि उनका बाबु जिम्मेवार रहेको भन्ने जिकिर खारेज गरेका छन्।
लियोनल मेसीमाथि लागेको आरोप फिर्ता लिन माग गर्दै दायर रिट खारेज गरिएको थियो। न्यायाधीशले त्यस्तो अपराधमा कुनै व्यक्तिलाई एकाउन्टिङ र विजनेश सञ्चालनको ज्ञान नभएको भन्न नमिल्ने बताएका छन्।
मेसी र उनका बाबु होर्गेमाथि उनीहरुले ४५ लाख डलर भन्दा बढी कर छली गरेको आरोप छ। स्पेनको कर विभागले लियोनेल मेसी र उनका बाबु जर्जमाथि जरिवानासहित जेल सजायको माग गरेको छ।
दुवैले यो आरोपको खण्डन गरेका छन्। अब मेसी र उनका बाबुसँग अपिलका लागि पाँच दिन समय दिइएको छ ।
यो मुद्दामा तीन दिन सुनुवाई चल्नेछ र मेसीलाई बिहीबार अदालतमा उपस्थित हुनसक्ने अधिकारीहरूले जनाएका छन्।
मेसी उनका बाबुले सन् २०१३ मा ५६ लाख डलर कर तिरेका थिए।
मेसी पाँच पटक फिफा वर्ष खेलाडी भइसकेका छन्।