आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध केही साना दलका सदस्यहरुले संसदको बैठक बहिष्कार गरेका छन्।
बुधबारको संसद बैठकमा नेपाली जनता दलका सांसद हरिचरण शाहले राजनीतिक समाधान नगरी बजेटमाथिको छलफलको कुनै औचित्य नहुने भन्दै संसद बहिष्कार गरेको बताए।
‘मधेसी, आदीवासी जनजाति, मुस्लीम लगायतका जनताको अधिकार सुनिश्चित गर्न संविधानमा आवश्यक संशोधन नगरी सदनको कारबाही अगाडि नबढाउन आग्रह गर्दै गठबन्धनमा आबद्ध दलले सदनको कारबाही बहिष्कार गर्ने भन्दै बहिष्कार गरेका थिए।