कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा एक जना भारतीय नागरिकको शव फेला परेको छ।
भारतको उत्तर प्रदेशको कमलापुरी कलौनी बस्ने ७५ वर्षीय रामविलासको शव प्रहरीले उखु बारीमा फेला पारेको हो।
“साइकलसहित उखु बारीमा शव फेला पारेका छौँ” इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले भने।
भारतमा रहेका उनका आफन्तलाई खबर गरिएकाले आए पछि घटनाबारे थप जानकारी हुने उनको भनाइ रहेको छ। रासस