निर्वाचनको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने र जनताको बिचमा रहने राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचन सम्पन्न भए लगत्तै जतानको सम्पर्कमा टाढा रहने रोग लाग्ने गरेको छ।
जनताले आफ्नो बारेमा के सोच्छन् भन्ने कुरामा उनीहरूलाई खासै मतलब हुँदैन। त्यसैले जनता भन्न थालेका छन्-‘पहिला त बरू एक जना राजा हुन्थे। अहिले त दलैपिच्छेका छोटे महाराज भए, जनतासँग घुलमिल हुनुपर्छ भन्ने कुरानै यीनीहरूले बिर्सिए’, आजको नेपाल समाचार पत्रमा मधुसुधन रायामाझीले खबर लेखेका छन्।
पार्टीका शीर्ष नेता भएपछि बढी व्यस्त हुनु स्वभाविक हो। तर धेरैजसो भने ‘किचेन क्याबिनेट’मा रहेका छोटेमोटे कार्यकर्ताबाहेक अरूलाई भेट्दैनन्।