जिल्ला अदालत ललितपुरले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या अभियोगमा पक्राउ परेका बाबु थापा भन्ने मेघबहादुर सहित ४ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ।
बाबु थापा भन्ने मेघबहादुरलाई ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैदको फैसला सुनाएको हो।
प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेका शिव चौधरी र भगवान थापालाई सोमबार अदालतले सर्वोश्वसहित जन्मकैदको फैसला सुनाएको हो।
न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले उनीहरूलाई सजाय सुनाएको हो।
२०६९ साल जेठ १८ गते सर्वोच्च अदालतका न्यायाधीश बम बंगलामुखि मन्दिरको दर्शन गरि अदालत जाँदै गर्दा मोटरसाइकल आएका पाँच जनाको समुहले गोली हानेर भागेका थिए। गोली लागेको २ घण्टा नबित्दै न्यायाधीश बमको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।