ललितपुर प्रहरीले एक जना महिलालाई मानव बेचबिखनको मुद्दा चलाएको छ।
धनकुटाबाट अभिभावकको अनुमति विना बालबालिका ल्याएर ललितपुरको शंखमुलस्थित जेरुसेलम एन्टीओ चर्चमा ल्याएर राखेको आरोपमा चिनिमाया ब्लोनमाथि मुद्दा चलाइएको ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए।
उनले रुकुम जाजरकोट, तेह्रथुम लगायतका १४ जना बालबालिका अवैध रुपमा चर्चमा राख्दै आएकी थिईन। प्रहरीले २ दिनअघि सो चर्चमा छापा मारेर बालबालिकाको उद्धार गरेको थियो । १४ जनामा ९ जना बालक र ५ जना बालिका छन् । अधिकांश ४ देखि १३ वर्षसम्मका छन् ।