संसदीय सुनुवाई समितिको बैठक सुरू भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीउपर परेका उजुरीमाथि अहिले छलफल भइरहेको छ।
समितिमा कार्कीविरूद्ध छ जनाले उजुरी दिएका थिए। उजुरीकर्तामध्ये राजीव गुरुङ, तोयानाथ भट्टराई र मिलन कर्माचार्यको वयान सकिएको छ।
अन्य उजुरीकर्ता उपस्थित छैनन्।