कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीमाथि परेका ६ वटा उजुरीमाथि आइतबारदेखि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । आइतबार बिहान उजुरीकर्ताहरुलाई बोलाएर संसदीय सुनुवा समितिले छलफल गरेको छ। छलफलमा सांसदहरूले राखेका विभिन्न प्रश्नको जवाफ कार्कीले यसरी दिइन्।
सुशीला कार्की जवाफ सम्पादित अंश
यहाँ आएका प्रश्नबाट म विचलित छैन।
धर्मनाथ प्रसाद साहले राखेको कुरा मेरो आफ्नो विषयमा सम्बन्धीत छ। ७१ सालमा मेरो श्रीमान लडेर उपचारका लागि बाहिर लानु पर्ने भयो। बसुन्धारामा मेरो घर छैन। मैले त्यो भन्दा माथि डाँडामा साढे ६ लाख आनामा लिएको जग्गामा छ। म किसानको छोरी भ्रष्टाचार गर्ने कुनै सदस्य नै छैन।
म श्रीमान र भगवानसँग डराउँछु। मैले मोरङको रोडलाइनको ३ कठ्ठा जग्गा बेचेर अर्को संचयकोषबाट रकम लिएर घर बनाउन लागेको हो। यो प्रमाण यहाँ छ। मैले पेप्सिकोलामा ५ आना जग्गा बेचेको र धनकुटामा दुई वर्षअघि जग्गा बेचेको प्रमाण छ।
काठमाडौंमा हामी तराईवासीका लागि एक करोडको घर ठूलो कुरा हो। मेरो श्रीमानको स्वभाव के छ भने मैले भ्रष्टाचार गरेको भए डिभोर्स हुने थियो। मेरो बारेमा फैसला कतिचोटी हुने?
मेरो विषयमा बार बार एउटै जवाफ दिने हो भने कसरी दिने? डिएनए र तोयनाथको विषयमा अहिले कुरा गर्ने हो भने ६८ मा किन भएन?
यो मुद्दा जिल्लामा चल्यो हारे, पुनरावेदनमा पनि हारे। जिल्ला र पुनरावेदनमा प्रमाण विना हारेको छ? कुनै महिलाले मेरो बलात्कार भयो भन्दा प्रमाण छ साक्षी छ। डिएन ए गर्न पठाएपछि त्यो महिलाले आएर भन्छिन् कि मलाई रोहबरमा राखेर रगत दिने काम गरिएन भनि उजुरी भयो। हस्पिटलमा केटाको नाम छ। कोही लभ गरी शारीरिक सम्बन्ध भएपछि त्यो विषयमा दुई तहमा हारेको छ।
हाम्रै अदालतले बोलेको छ कि जस्तोः राजेन्द्रप्रसाद कोइराला र कल्याण श्रेष्ठको फैसला एउटा मुद्दा र अर्को प्रेम शर्मा र भरतराज उप्रेतीले ईन्दिरा शर्माको विषयमा पनि यस्तै फैसला भएको थियो। यो फैसलाले डिएन ए मान्य हुँदैन भनेको छैन। हामीले मानेको अवस्था छ। राजीव गुरूङको फैसलामा हेरेमा डिएनए मानेको कुरा उल्लेख छ। तर डिएनए कन्फर्म इभिडेन्स हुन्छ तर कहिकाही क्षणखानी वा कन्टयामिनेसन भएर आउन सक्छ। साक्षीको बकपत्र, हस्पिटको रिपोर्ट छ। भन्दा डाइभरको छोरा भनिएको छ तर त्यो प्रमाण दिनु पदैन, के नेपालमा एक बच्चा बाउ बेगरको सम्भव छ? बाबुको पहिचान आमाले चिनेको हुन्छ। तसर्थ यो केसमा क्षडखानी भएको छ। बलराम केसीले गरेको फैसला मैले सदर गरेको हो।
६८ सालमा उठेको विषय अहिले पनि उठेपनि यो मुद्दा जाग्ने वाला पनि छैन। किनभने यो मुद्दा म हात जोडेर भन्छु त्यो बेला त्यो केटाको अनुहार बच्चासँग हुबहु मिल्छ। मेरो श्रीमान र जेठाजु बसी रगत दिएको उजुरी दिएको छ। एउटा दलित महिलाले धनाड्य केटाबाट पीडित भएको अवस्थामा प्रमाणको अवस्थामा तेरो लोग्ने होइन र बच्चाको बाउ होइन भन्न मिल्दैन।
अनिताजीले भ्रष्टाचारबाट प्रभावित छ भनेको विषयमा भ्रष्टाचार छैन भनि कुनै प्रधानन्यायाधीशले पनि भनेको छैन। सडेगलेको थोरै माछाले पनि सिंगो तलाउ दुषित हुन्छ। अहिले हामीले अनुगमनका लागि गोप्य रुपमा जाँदा हामीले कही कहि समातिएको भए पनि हामीले देखिरहेका छैनौ।
५ प्रतिशत मानिस जो शहरी क्षेत्रबाट मात्रै अदालतमा आउने गर्छन्। गाउँका मानिस आउँदैन। झिँगाको टाउँको जत्रो विषयमा २० बीस जना वकिलले बसह गरेर टाउको खादा पनि सुन्दिन भन्न मिल्दैन।
टिआरसीको विषयमा केही दिन अघि धनगढीको एक मारवाडीको छोरा मारेको विषय मेरो बेन्चमा आएको थियो। हत्या गरेको पिक्चर सिनेमाजस्तो आउँदैन। डिएनए आफैले फैसला गर्ने भए अदालत किन चाहियो? नास्टले फैसला गरे भयो नि।
कतिपय हत्याका विषय जसमा राजनीतिक रङ दिनु हुँदैन। राजनीतिक रङका मुद्दा संसदले विशेष कानुन बनाएर अगाडि बढे अदालतको टाउको दुखाई हुदैन। हामीले यसमा बोल्न आवश्यक छैन।
अहिले न्यायाधीशहरूको नियुक्ति संक्रमणकालिन व्यवस्था अनुसार भएको हो। उच्च अदालत कहिले स्थापना होला? तपाईँहरूले उच्च अदालत गठन गर्दा गर्दै जाने हो २ जना न्यायाधीश मात्रै बाकी रहने छन्। अहिले सबै खाली भएर हाम्रो प्राण सुक्ने बेला भइसक्यो। त्यसैले यो आवश्यकताको सिद्धान्तका आधारमा आएको हो।
म यस्तो व्यक्ति हुँ जसको परिवार राजनीतिक भएपनि मेरो निष्टा असाध्यै ठूलो छ। अहिले ११ जना प्रस्तावित न्यायाधीशदेखि पूर्वतिरका प्रधानमन्त्रीहरुसँग पनि भेटघाट छैन।
सबै न्यायाधीश खराब हुँदैनन्। मैले सबै विषयका मुद्दामा हेर्नुपर्छ। यहाँ मास्टर कोही हुन सक्दैन। सबै मुद्दा हेरेपनि मैले यहाँ राखेको मेरो चासोको विषयको नमूना मात्रै हो।
तोयानाथजीको विषयमा उहाँले संसदले पो हेर्ने हो। संसदले उहाँभन्दा अर्को व्यक्ति राम्रो उहाँको कार्यक्षमता कमजोर भनि नदिएपछि संसदको विरुद्ध उजुरी नगर्ने मेरो विरुद्धमा मात्रै जाने? यो देख्दा लाग्छ उहाँ त आर्यघाटसम्म पनि नछाड्ने हो कि क्या हो?
विश्वास सबैसँग उडेको छ। भ्रष्टाचार हुँदैन र विश्वास बढाउन समुदायमा जानु पर्छ। तलदेखि सर्वोच्चसम्म मेलमिलाको कार्य पनि गरेका छ।
बारसँग कुनै झगडा नै छैन भने कसरी मेलमिलाप गर्ने? अहिलेका वार सभापति यति सरल हुनुहुन्छ कि उहाँले नमस्कार गरेपछि म पनि गर्छु। झगडा छैन।
हाम्रो व्यवस्थापन समिति छ त्यसमा बारका प्रतिनिधि बोलाएर गुनासो सुन्ने गरेका छौ। बार सभापति बोलाएर सोधे हुन्छ।
न्याय सम्पादन महंगो हुने सवालमा काठमाडौं आउँदा जादा नै ३ हजार खर्च हुन्छ भने महंगो त हुन्छ नै। कानुन व्यवसायीलाई फि तोक्ने काम भएको छ। शम्भु थापाको करको विषयमा म र कल्याणले दिएको फैसलामा हामीले कर नतिर भनेका छैनौं।
मैले जात जातिको कुरा होइन महिलाले चलाउन सक्छ कि सक्दैन भन्ने कुरामा मलाई त्यसरी नहेर्न भनेको हो।
म जुनियर हुँदा सिनियर न्यायधीशले फैसला लेखेको हो र मैले सदर गरेँ अहिले बरिष्ट भएपछि आफैंले फैसला गरेको छु। अहिले अदालतमा १३ सय मुद्दाको फैसला भए पनि लेख्न सकिएको छैन। कर्मचारी नै छैन भने कसरी लेख्न सकिन्छ? बेन्च असिस्टेण्टले अरूको सरह तलब खाएर रातदिन मरेर काम गर्छ। पहिले ऊ न्यायाधीश हुने आशले काम गरे पनि अब संविधानले यसमा जाच दिने व्यवस्था गरे पछि अब कोही आउँदैन।
हामीले महत्वपूर्ण फैसला तत्काल लेखेर आएको हौ। म यहाँ महिला भएर होइन पुरूष सरह हुँ भनि देखाउन आएको छु। मानवअधिकार आयोगको विषयमा परेको मुद्दाले हजुरहरुलाई वेबकुफ नै बनायो। मानव अधिकार आयोगमा मेरो कोही ज्वाइ होइन मामा होइन। ७२ साल ११ महिना १४ गतेको म्याद भएको विषयमा फागुन १६ गते मुद्दामा आएपछि मलाई आरोप लगाउन कसरी मिल्छ? दुई दिन ढिलो आएको मुद्दा सदर गर्न मिल्दैन।
अहिलेको नियुक्ति जति समावेशी कहिलै पनि छैन।
सपना मल्लको विषयमा जति गाली गर्नु छ मलाइ गर्नू। कल्याण वा मन्त्री खरेललाई पनि नगर्नू। यो मेरो इन्टरेष्ट हो।
अन्तर्राष्ट्रिय महिला समाजको सम्मेलनमा बोल्ने क्रममा कति महिला न्यायाधीश छ भनि प्रश्न आएपछि ७ जना भन्दा सबै हासेका थिए। अरू देशमा महिलाको संख्या उल्लेख्य थियो। तर, हामीकँहा भएन महिला न्यायाधीश ल्याउने मेरो अभियान अनुसार दामोदर श्रीमानको पालामा सोधिए पनि अरुले आउन नखोजे पनि सपना मल्लले आउन तयार भइन्।
मैले नै महिला ल्याउन जोड दिइ म एक वर्षपछि जाँदा मिरा मात्रै बाँकी रहनु भएको छ। सर्वोच्चमा आउँदा सपना मल्लसँग हार्वर्ड विश्वविद्यालयमा पढेको व्यक्ति समानुपातिक कोटामा परेको कुरा लिएर लेबल लगाउने हो भने मेरो बाबु भेट्रान कांग्रेस र म नेविसघको भनि हेर्ने? ऊ अदालतमा आएपछि राजनीतिको चप्पल बाहिर राख्नुपर्छ। हामीले योग्य व्यक्ति त्यही पायौं। सर्वोच्चका लागि वरिष्ठ महिला अधिवक्ता हो। म ७ वर्ष सर्वोच्च अदालतमा कति वर्ष मुद्दा पाइन्। त्यसका बाबजूद मैले दबाएर बसे। खिलराज रेग्मी, मिनबहादुरले मलाई राम्रो गरेपनि कतिपयले मलाई आँशु पीएर बस्ने अवस्था बनाए।
कल्याणले मलाई तपाईँले आरोप लगाउने वातावरण बनाउनु भयो भन्दा म यो विषय सबै ठाउँमा भन्छु भनेको छु।
जति पनि कानुन बनाउँदा उनले खेलेको भूमिका योग्यता हुने न्यायाधीश बनाउन अयोग्य? अरूलाई ल्याउँदा बारले भोलि रोक्न सक्छ। राजनीति गरेको मानिस भयो भन्दैमा पूरै राजनीतिक दलमा जान्छ भन्ने धारणा हटाउन म आग्रह गर्छु। आरोप लगाउनु छ मलाई लगाउनुहोस्।
१२९ धारा र २९२ को धारामा हेर्दा एउटा धारा हेरेर मात्रै हुँदैन। अहिले आएका न्यायाधीशहरुको विषयमा ११ जना प्रस्तावित व्यक्तिको विषयमा अहिले हामीसँग यस्तो क्रोनिकल समस्या छ कि केही जजले कामै गर्दैनन्। उनीहरुलाई गोल्डेन हेण्डसेकको व्यवस्था भए अत्यन्त फाइदा हुने थियो। केही न्यायाधीसलाई कही पठायो भने त्यो ठाउँनै सब विग्रन्छ।
हामीले अहिले राम्रा मानिस ल्याएका छौं।
अदालतमा राजनीति घुसाएको आरोपको सवालमा राजनीति अदालतले गर्दैन। पहिले मैले राजनीतिक दलका नेतासँग भेटीन तर कामु प्रमुख भएपछि भेट गरेँ। राजनीतिक नियुक्तिको विरोध गर्ने अनि हाम्रो मानिसको सिफारिस किन भएन भनेर सोध्न मिल्छ? भोट दिने बेलामा विचार दिने बेला वा पारिवारिक भेटघाटमा राजनीतिक कुरा होला तर अदालतमा फैसला गर्दा मैले राजनीति गरे भोलि मलाई सराप्ने काम होला।
म अमेरिका जानु महिला न्यायाधीशको सम्मेलन दुई वर्षमा हुने गर्छ त्यहाँ गएको थिए। जहाँ नेपालको भूकम्पको समस्या बारे प्रस्तुती गर्नु थियो जहाँ अदालतको अवस्था पनि बताउनु थियो। त्यहाँ म ३ दिन बसी दुई दिन जाने आउने दुई दिन थियो।
मेरो पारिवारिक समस्या भएको सँगै कामु प्रधानन्यायाधीश भएको घर पनि बनाउनु पर्ने भएको कारण म फर्केको हो।
एकपटक प्रधानन्यायाधीश अदालतबाट रिटार्यड भएपछि फर्केर आउदैन। म अमेरिकाबाट फर्केर भोलिपल्टै अदालतमा फैसला गर्दा झन आलोचना?
तपाईँहरू थाक्नु भयो होला मैले पनि खाना खाएको छैन।
तर पनि एउटा कुरा गर्नु छ कि कल्याणले अदालतमा समावेशी गराएन भन्ने आरोपमा भनेको छु कि गाउँ गाउँका गरिब किसानका बच्चालाई ल्याएर राम्रो पढाउ अनि त्यसपछि अदालतमा टन्न समावेशी हुन्छ भनेको थिएँ।