सोलुखुम्बुको जुबु–६ टेकेपका दिपेश राई हिजो साँझ मृत अवस्थामा फेला परेका छन्।
यही साउन २ गतेदेखि हराएका राई हिजो चौंरीखर्क– १ को घट्टेखोला पुलदेखि करिब सय मिटर तल मृत अवस्थामा फेला पारेको इलाका प्रहरी नाम्चेले जनाएको छ।
राईको शव खोलाभित्र ढुङ्गाको च्यापमा रहेकाले हाम्फालेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । शव अप्ठ्यारो ठाउँमा भएकाले भर्याङ र डोरीको प्रयोग गरी निकालिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए।
मजदुरीका लागि खुम्बु गएका राई साउन २ गतेदेखि सम्पर्कबिहीन बनेको आफन्तले बताएका छन् । उनको परिवारमा श्रीमती र पाँच वर्षमुनिका दुई छोरा रहेका छन्। रासस