काभ्रेपलाञ्चोकको धुसेनी शिवालय गाविस–६ मा एक घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।
पहिरोले कान्छा विककी ७ वर्षीया छोरी सजिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले पहिरोले पुरिएर कान्छकी १० वर्षीया जेठी छोरी सविता घाइते भएको जानकारी दिए। सो पहिरोमा परि कान्छाकी श्रीमती लक्ष्मी विक सामान्य घाइते भएकी छिन्। रासस