म्याग्दीको शिखमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
शिख–२ का ८६ वर्षीय आइतसिंह दमाईंको घर शनिवार भत्किँदा च्यापिएर मृत्यु भएको र उनकी श्रीमती ८३ वर्षीयारुपा दमाईं घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई तले ढुङ्गा माटोले बनेको घर भत्किएको हो।
दमाईं दम्पती घरभित्र बसिरहेको अवस्थामा भत्किएको थियो। घार प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयवासीले घर भत्किँदा पुरिएका उनीहरुलाई बाहिर निकालेका थिए।
घाइते रुपाको शिख स्वास्थ्य चौकीमा उपचार भइरहेको र मृतकको शव परीक्षणका लागि बेनी पठाइएको घार प्रहरीचौकीले जनाएको छ। घर भत्किँदा सात लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ। रासस