सोह्रखुट्टे प्रहरीले यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ।
जुम्ला सिजा ७ का लोकेन्द्र हमाललाई १ किलो यार्सागुम्बासहित पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए। बरामद गरिएको यार्सागुम्बाको बजार मुल्य १ लाख ७५ हजार रुपैयाँ छ ।
लाइसेन्स नलिइ यार्सागुम्बाको ब्यापार गरिरहेका कारण उनलाई पक्राउ गरिएको डिएसपी राठौंरले बताए।