झापाको कन्काई नदी किनारमा एक व्यक्तिको शव फेला परेको छ।
शिवसताक्षी–३ स्थित कन्काई नदी किनारमा अन्दाजी ४५ वर्षीय पुरुषको शव पानीमा तैरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए। मृतकको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ।
पानीमा तैरिएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खवर गरेका थिए। शव बाढीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।