तनहुँको भिमादबाट घिरिङसुन्धारातर्फ आउँदै गरेको यात्रुबाहक बस माझकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बस दुर्घटना हुँदा गम्भीर घाइते भएका सामुङ भगवतीपुर–८ बस्ने हरि परियारको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा गएराति करिब ९ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख राजु केसीले जानकारी दिए।
शुक्रबार साँझ करिब ५ बजेको समयमा ग १ ख ४७८५ नम्बरको बस माझकोटको उकालोमा दुर्घटना भएको हो। रासस