तनहुँमा गत शनिबार आमाको हत्या गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पाँच दिनपछि पक्राउ गरेको छ।
क्यामिन–६ निवासी ७० वर्षीया पुतली नेपालीको हत्या गरी फरार रहेका ४० वर्षीय छोरा देवबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।
हत्यापछि फरार रहेका देवबहादुरलाई लमजुङको मध्यनेपाल नगरपालिका–१२ बाट पक्राउ गरिएको हो। शिशाघाट प्रहरी चौकीका प्रहरी हवल्दार इन्द्रबहादुर गुरुङको नेतृत्वमा गएको प्रहरी टोलीले देवबहादुरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए।
देवबहादुर विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने भएको छ। रासस