दार्चुलाको अपि नगरपालिका–११ पुलघाट क्षेत्र हुँदै झोलामा लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा भालुको पित्तसहित भारतीय नागरिक पक्राउ परेका छन्।
पुलघाटस्थित चेकपोष्टमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ३४ दशमलव ७० ग्राम भालुको पित्तसहित भारतको धारचुला पिथौरागढ ग्राम दर ठानाका ३५ वर्षीय चन्द्रसिंह दरियाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
पक्राउ परेका दरियालमाथि अनुसन्धानको कार्य भइरहेको बताइएको छ। रासस