मोरङमा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ।
दादरबैरिया–८ मा आफ्नै घर अगाडि पार्किङ गरेको को १ त ४०४७ नम्बरको ट्याक्टरले किचेर १२ वर्षीय नीरजकुमार रायको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरको आँगनमा रोकिराखेको ट्याक्टरमा खेल्ने क्रममा अचानक ट्र्याक्टर गुडेपछि ओर्लन खोज्दा रायलाई किचेको थियो।
ट्याक्टरले किचेर गम्भीर घाइते भएका बालकको उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।