नेपाल विद्यार्थी सङ्घको अध्यक्षका लागि वचन कार्की मुसाले उम्मेद्धवारी दर्ता गरेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मुसाले आफूले अध्यक्षमा उम्मेद्धवारी दिएको जानकारी दिएका हुन्। उनले आफू अध्यक्षको अहिलेसम्मकै कान्छो उम्मेद्धवार भएको समेत दाबी गरे।
नेविसंघलाई युवा नेतृत्वको खाँचो रहेकोले नै आफूले उम्मेद्धवारी दिएको कार्कीले प्रष्ट पारे । कार्कीको विरेन्द्र बहुमुखी क्याम्पसका ईकाई अध्यक्ष हुन्। पत्रकार सम्मेनलमा अनिल अधिकारीले आफूले प्रदेश नम्बर ३ बाट सह–महामन्त्रीमा उम्मेद्धवारी दिएको जनाए। अधिकारी त्रिविका क्रिकेट संघका अध्यक्ष हुन्। अधिकारीले आफूले क्रिकेट क्षेत्रको विकास र प्रर्वद्धनको लागि उल्लेखनीय योगदान पुर्याएको दाबी गरे ।
अधिकारी सार्कस्तरीय खुल्ला हाजिरी जवाफ प्रतियोगिताका स्वर्ण पदक विजेता समेत हुन्। उक्त प्रतियोगिताका लागि उनले त्रिचन्द्र कलेजबाट प्रतिनिधित्व गरेका थिए ।