ट्राफिक जामले ललितपुरका भित्री सडकहरू बुधबार बिहानैदेखि अस्तव्यस्त बनेका छन्। झम्सिखेल, धोवीघाट, सानेपालगायत भित्री सडकहरूमा सवारीसाधनको जाम उल्लेखनीय छ।
जम हटाउनका लागि सडकमा ट्राफिक प्रहरी देखिएका छैनन्। नेपाल विद्यार्थी संघको महाधिवेशनस्थल सानेपा छिर्ने सडक अस्तव्यस्त छ। एक लेन सडकमा दुईतर्फी सवारी चल्न दिइएका कारण पनि समस्या निम्तिएको छ। ललितपुर ट्राफिक प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेंथुले नेविसंघको चुनावका कारण सवारीको अावतजावत बढी भएकाले जाम भएको बताए। जाम हटाउने प्रयास भइरहेको उनले बताए।