भारतकी ब्याडमिन्टन खेलाडी पीवी सिन्धूले ब्राजिलमा जारी ओलम्पिकमा भारतलाई दोस्रो पदक दिलाउने भएकी छन्।
ब्याडमिन्टन सिंगल्सको सेमिफाइनलमा विश्व नम्बर ६ जापानकी निजोमी ओकुहारालाई २१-१९, २१-१० को सेटमा हराउँदै फाइनलमा पुगेकी हुन्।
फाइनलमा प्रवेश गरेकी सिन्धुले गोल्ड मेडलका लागि विश्व नम्बर एक स्पेनिस खेलाडी कैरोलिना मारिनसँग भिड्ने छन्। यदि मारिनसँग हारे पनि भारतका लागि रजत पदक पक्का जित्ने छन्। जो भारतका लागि ओलम्पिकमा ब्याडमिन्टन तर्फ पहिलो रजत पदक हुनेछ।
यसअघि साइना नेहवालले लण्डन ओलम्पिकमा ब्याडमिन्टन तर्फ कास्य जितेकी थिइन्।
भारतका लागि बुधबार साक्षी मलिकले ५८ किलो तौल समूहमा कास्य पदक जित्दै भारतका लागि पहिलो पदक भित्र्याएकी थिइन्।