नवलपरासी प्रसौनी गाविस १ अरुणखोला र चोरमाराबीच जंगलस्थित महेन्द्र लोकमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र बिपरित दिशाबाट आउँदै गरेको ना १५ प ६५९३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरी चौकी तम्सरिया नवलपरासीले जनाएको छ।
प्रहरी हवल्दार शेर बहादुर थापा मगरकाअनुसार मोटरसाइकल चालक र त्यसमा पछाडि सवार भएका दुवै जनाको हालसम्म नाम, थर र ठेगाना खुलेको छैन। दुवै जनाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक हरि बहादुर क्षेत्रीको टोली र ईप्रका नवलपुर नवलपरासीबाट प्रहरी निरक्षक शिव शर्मा आचार्यको कमाण्डमा ९ जनाको टोली खटेको बताइएको छ।
कारचालक स्वयम् ईलाका प्रहरी कार्यालय नयाँ बेलहानीको सम्पर्कमा गई कार, मोटरसाइकल तथा लास घट्नास्थलमै रहेको जानकारी दिएका थिए।