दाङमा एक जनाको हत्या भएको छ। विजौरी ५ निवासी २६ वर्षीय हिरामणि चौधरीको हत्या भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले चौधरीको शव मानपुर ८ मा शुक्रबार फेला परेको र उनको हत्या गएराती नै भएको हुन सक्ने बताए।
चौधरी सवारी चालक भएको खुल्न आएको छ। उनको अनुहार र शरिरका विभिन्न भागमा आक्रमण गरिएका घाउ र खत देखापरेको एसपी सिंहले बताएका छन्। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।