नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय निकायको निर्वाचन तत्काल गर्नुपर्ने बताएका छन्।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रम बोल्दै राज्यको पुनःसंरचनालाई कुरेर बस्दा निर्वाचन पछाडि धकेलिने आशङ्का व्यक्त गर्दै निर्वाचन गर्न अब ढिलाइ गर्न नहुने बताए ।
उनले भने– “अहिलेको जिल्ला र स्थानीय निकायको संरचनाकै आधारमा भए पनि स्थानीय निकायको निर्वाचन गर्नुपर्छ, विभिन्न बहानामा निर्वाचनलाई अब पछाडि धकेल्नुहुन्न ।”
उनले सभामुख ओनसरी धर्तीको भूमिकाप्रति प्रश्न खडा भएको भन्दै सभामुख आफ्नो पदीय दायित्वभन्दा पनि राजनीतिक दलको कार्यकर्ताको भूमिकामा बढी देखा परेको बताए।
बिजुक्छेले सार्क राष्ट्रभित्रका लागि भनेर गर्न लागिएको संयुक्त विद्युत् सम्झौताको साँचो भारतसँग रहने भएकाले यसले नेपालको हित नगर्ने टिप्पणी गरे । रासस