म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोलाई तीन खेलको प्रतिबन्ध लागेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति वेष्ट ह्यामसँगको खेलमा हिंसात्मक गतिविधि गरेको आरोपमा फुटबल एसोसिएसन एफएले दोषी ठहर गर्दै उनलाई तीन खेलको प्रतिबन्ध लगाएको हो।
खेलको ७५ औं मिनेटमा अग्युरो वेष्ट ह्यामका विनस्टन रिडसँगको ट्याकलमा थिए। अग्युरोले रिडको अनुहारमा आफ्नो कुहिनोले हानेका थिए। रेफ्रि आन्द्रे मेरेनाले नजिकै रहेर पनि अग्युरोले रिडलाई हानेको देखेनन्।
एफएले भिडियो फुटेजका आधारमा अग्युरोमाथि आरोप दर्ता गरेको थियो। यो आरोप प्रमाणित भएपछि अग्युरोमाथि तीन खेलको प्रतिबन्ध लागेको हो।