नेकपा (एमाले) संसदीय दलका उपनेता सुभाष नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसद्मा गरेको सम्बोधन संविधान र स्थापित मान्यता विपरित रहेको आरोप लर्गाएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नीति तथा कार्यक्रमको झल्को दिने गरी नयाँ कार्यक्रम ल्याउनु गलत भएको टिप्पणी गरे।
नेता नेम्वाङले यदि प्रधानमन्त्रीले नीति तथा कार्यक्रम ल्याएको हो भन्ने त्यसलाई प्रष्ट पार्नुपर्ने उल्लेख गर्दै यसअघि आफै सहभागी भएको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित भइसकेको अवस्थामा नयाँ कार्यक्रम ल्याउनु विधिसम्मत नभएकाले यसको जवाफ सरकारले दिनुपर्ने धारणा व्यक्त गरे।
पत्रकारको जिज्ञासामा नेता नेम्वाङले मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन गर्ने कार्य देश र जनताको हित विपरीत देखिएकाले संविधान संशोधन आपूmहरुलाई मान्य नहुने स्पष्ट पारे।
उनले संविधान संशोधनको सम्बन्धमा सरकारले आपूmहरुसँग कुनै छलफल नगरेको जानकारी गराए।
स्थानीय तहको निर्वाचनको सम्बन्धमा उनले संविधानअनुसार बनेको स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको खाकाअनुसार नै स्थानीय तहको निर्वाचन गराउनुपर्ने धारणा व्यक्त पनि गरे। रासस