प्रथम किङ खान नेपाल महिला इन्डोर हकी च्यालेन्ज प्रतियोगिता आइतबारदेखि हुने भएको छ।
नेपाल हकी संघ र काठमाडौं हकी क्लबको संयुक्त आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आयोजना हुने यो प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ।
जसमा काठमाडौं हकी क्लब, हेल्प क्लब (कञ्चनपुर), महेन्द्रनगर युनाइटेड क्लब (महेन्द्रनगर), एसएम युथ स्पोर्ट्स क्लब (जनकपुर), स्टेशन एरिया युवा क्लब (जनकपुर), पोखरा हकी क्लब(ए), पोखरा हकी क्लब (बी) को सहभागिता रहनेछ।