बार्यन म्युनिखले प्रभावशाली जितका साथ च्याम्पियन्स लिगको अभियान सुरु गरेको छ।
समूह डीमा रहेको बार्यन म्युनिखले समूह चरणको पहिलो खेलमा मंगलबार राति रूसको एफसी रोस्टोभलाई ५–० को फराकिलो अन्तरमा हरायो।
बार्यनको जितमा जोशुए किमिचले दुई तथा रोबर्ट लेवान्डोस्की, थोमस मुलर र बर्नाटले एक एक गोल गरे।
यस्तै समूह डीमै रहेको एथ्लेटिको मड्रिडले पिएसभी एन्थोवेनलाई १–० ले हराउँदै विजयी सुरुवात गरेको छ।