दक्षिण अफ्रिकी एकदिवसीय कप्तान एबी डिभिलियर्सको बायाँ कुहिनामा समस्या देखिएपछि उनी दुई महिना मैदान बाहिर भएका छन्। उनको कुहिनाको सल्यक्रिया गर्नु पर्ने कारण दुई महिना टिमबाट बाहिर रहने चिकित्सक मोहम्मद मुसाजीले बताए।
उनले भने, ‘दुर्भाग्य। मंगलबार उनी फिटनेश टेस्ट पास गर्नबाट असफल रहे।’ फिटनेश टेस्ट हुँदा डिभिलियर्स कुहिनामा पट्टी बाधेर ब्याटिङ गरिरहेका थिए। त्यतिबेला उनी असहज महसुस गर्दै थिए।
चिकित्सक मुसाजीले भने, ‘हामी अघिल्लो साता उनको कुहिनाको सल्यक्रिया गर्ने योजना बनाइरहेका छौं। आशा छ, उनी क्रिसमसको बेला श्रीलंकाविरूद्ध शृंखलाका लागि टिममा फर्किसक्ने छन्।’