सन्तोष राई र पवन भट्टराई आइवा युथ वर्ल्ड च्याम्पियनसिपका लागि छनोट भएका छन्। रुसको सेन्ट पिटरवर्गमा नोभेम्वर १४ देखि २७ सम्म हुने खेलका लागि सुनसरीका सन्तोषले ५२ केजी तौल समूहको अन्तिम खेलमा मेघदुतका प्रदीप घिमिरेलाई स्पिलिटको आधारमा २–१ ले पराजित गरे।
यस्तै नक्सालका पवनले ६४ केजी तौल समूहमा आफ्नै क्लबका सुमित पिठाकोटीलाई अंकका आधारमा पाँखा लगाउदै छनोट भए।