नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले अख्तियार प्रमुख लोकमानसिंह कार्की स्वतन्त्र र निष्पक्ष बन्न नसकेको बताएका छन्। महाअभियोग प्रस्ताव ल्याउने क्रममा कांग्रेसलाई बेवास्ता गरिएको भएपनि कांग्रेस लोकमानलाई जोगाउने पक्षमा नरहेको स्पष्ट पारे। लोकमानलाई महाअभियोग लगाएर कतै अख्तियार कम्जोर हुने त होइन भन्ने आशंका पनि गरिएको उनले बताए।
‘दुई तिहाइको शक्ति लोकमानलाई महाअभियोग लगाउनमा मात्रै होइन भ्रष्टचार मुक्त समाज बनाउन समेत एक हुनपर्छ,’ उनले भने।
नेपाली कांग्रेससँग यो प्रस्तावको फैसला गर्ने शक्ति रहेको भन्दै उनले कांग्रेसले उचित निर्णय लिने बताए।
यसैबिच संसदको बैठक कात्तिक २५ गतेसम्मका लागि स्थगित भएको छ। महाअभियोग प्रस्तावमाथिको छलफल त्यसपछि पनि जारी रहनेछ।