३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष लिइएको त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक आधा समय वित्दा जम्मा २० प्रतिशत काम मात्र भएको छ। पछिल्लो समय स्थानीयको अवरोधका कारण काम नै ठप्प भएको छ। अवरोध यथावत रहे निर्धारित समयभित्र निर्माण नसकिने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
आयोजनाका अनुसार त्रिपुरेश्वर कलंकी नागढुंगा सडकखण्डको निर्माण कार्यमा कालिमाटी, सतुंगल र बलम्भुनजिकको ढुंगे अड्डामा अवरोध छ ।
स्थानीयले तत्काल निर्माण रोक्न सर्वोच्चबाट स्टे अडर ल्याएर निर्माण रोकाएका हुन् ।