करिब २३ वर्षअघिदेखि फरार दुई दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ।
विसं २०५० मा जबर्जस्ती करणी अभियोग लागेका अभियुक्त नवलपरासी कावासोती–३ बस्ने ४५ वर्षीय प्रेम भण्डारी र जनार्दन भण्डारीलाई पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।
दोषीलाई जिल्ला अदालतले यस अगावै पाँच वर्ष कैद सजायको फैसला गरेको थियो। ती लुकीछिपी बस्दै आएकामा प्रहरीले सुराकीका आधारमा पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस