फोटो साैजन्य- शिवकुमार काशी
नापी कार्यालय मकवानपुरमा आगलागी भएको छ। आगलागीबाट १९ जना घाइते भएका छन्। घाइते हुनेमा कार्यालयका कर्मचारी र सेवा ग्राही छन्। घाइतेमध्ये १६ जनाको हेटौंडा अस्पताल र ३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो निभाएको थियो तल्लो फ्लोरबाट आगलागि भएको हुन सक्ने आशंका आफूले गरेको मकवानपुर प्रमुख एसपी मिरा चौधरीले जानकारी दिइन। ग्यास लिक भइ आगलागि भएको हुन सक्ने उनले बताइन।