यो साथ तिम्रो त्यो रात तिम्रो
नसाको प्याला त्यो हात तिम्रो
जलेर कलेजो अंगार जस्तै
मेटिदैन प्यास तिर्सना उस्तै।
नशालु आँखा विषालु बनाऊ
अंगालेर मलाई मदिरा पिलाऊ
भरिलो बैस सिंगारेर आऊ
एकै नजरमा बेहोसी बनाऊ।
आऊ बसेर यो रात रङ्ग्याऊँ
जलेको कलेजो खरानी बनाऊँ
मरेर हामी रुँदैनन् कोही
पुछेर आँशु पिउँदछन् त्यही।
यो हात तिम्रो त्यो मात तिम्रो
बिर्सन्न कहिले त्यो साथ तिम्रो
जोडेर हृदय समाउँ प्याला
जीवन या मरण दुवै मधुशाला।
पिउँदछन् नसा दुःख या सुखमा
पत्थर होस् हृदय मुस्कान ओठमा
लाग्दछन् सबै अभिनयवाला
जीवन या मरण दुबै मधुशाला।
आऊ हाँसेर त्यो प्याला समाऊँ
छोपेर पीडा नाटकमै रमाऊँ
कि आउँछ खुसी कि जीवन जाला
जीवन या मरण जय मधुशाला।