नेपालले पोषण सुरक्षाका लागि उपभोग गर्नुपर्ने प्रतिव्यक्ति प्रतिवर्ष अण्डा उत्पादनको लक्ष्य पूरा गरेको छ । आगामी तीन वर्षभित्र प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा अण्डा उपभोग गरिसक्नुपर्ने लक्ष्य चालू आवमै पूरा भएको हो ।
राष्ट्रिय योजना आयोगले यसै वर्ष लागू गरेको चौधौ योजनामा ९० करोड गोटाबाट योजना अवधिभित्र १ अर्ब २२ करोड गोटा अण्डा उत्पादन गर्नुपर्ने उल्लेख छ ।आजको कारोबारमा खबर छापिएको छ ।
आयोग मातहतकै केन्द्रीय तथ्यांक विभागले गरेको व्यावसायिक कुखुरा पालन सर्वेक्षणले गत वर्ष नै १ अर्ब २० करोड गोटा व्यावसायिक कुखुरा फार्मबाट उत्पादन गरिएको छ । कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार भने गत वर्ष मुलुकभर कुल ९० करोड गोटा मात्र अण्डा उत्पादन भएको छ ।
विभागको तथ्यांकलाई आधार मान्दा स्थानीय तहमा उत्पादन गरिने अण्डाको उत्पादनसमेतलाई जोड्दा अहिले नै आत्मनिर्भरताको लक्ष्य पूरा भएको कृषि विकास मन्त्रालयले जनाएको छ ।