सोलार बिजुलीका लागि अब घरमा छुट्टै प्यानल राख्नु नपर्ने भएको छ। सोलार टायल्स बनाउने कम्पनी टेस्लाले अब घरको छानो छाउने टायलमै सोलार प्यानल राख्ने र त्यसले घरको बिजुलीको माग धान्ने बताएको छ।
टेस्लाको प्रमुख कार्यकारी अधिकृत एलन मस्कका अनुसार यी टायल सिसाबाट बनाइनेछ। मस्कले यस्ता टायलले बनेको छतलाई ‘प्यारो छत’ बताएका छन्। टायलहरु विभिन्न रंङ र आकारमा उपलब्ध हुने मस्कले बताए।
कम्पनीले अहिलेसम्म टायलको मूल्य सार्वजनिक गरेको छैन। तर मस्कले परम्परागत रूपमा छत बनाउने र त्यसमा सोलार प्यानल जोड्नेभन्दा सोलार जोडिएका टायलसको छत बनाउनु सस्तो पर्ने बताएका छन्।