भारतीय सेनामा कार्यरत विमल तामाङको पाकिस्तानको आक्रमणमा परी मृत्यु भएको छ।
भारतीय समाचार पत्र इन्डियन एक्सप्रेसका अनुसार सोमबार जम्मु कश्मिरको रजौरी क्षेत्रमा सीमामा पाकिस्तानी पक्षबाट भएको आक्रमणमा तामाङको मृत्यु भएको हो। धरान स्थायी ठेगाना भएका तामाङ बीस वर्षका थिए।
घटनामा एक महिलाको पनि मृत्यु भएको भारतीय सेनाले जनाएको छ।