दसैँ तिहार सकिएलगत्तै भोजपुरमा विभिन्न किसिमका बिरामीको चाप ह्वात्तै बढेको पाइएको छ।
नेपालीको महान् चाड दसैँ र तिहारमा खानेकुरामा चिल्लोपदार्थ बढी भएपछि ग्यास्ट्राइटिस, रुघा, निमोनिया, टाइफाइड र ज्वरोका बिरामीको सङ्ख्यामा एक्कासि वृद्धि भएको हो।
तिहारपछि दैनिक २४ जनाको सङ्ख्यामा बिरामी उपचारका लागि जिल्ला अस्पताल भोजपुरमा आउने गरेको जिल्ला अस्पतालका डाक्टर रमन झाले जानकारी दिए।
मौसम परिवर्तन र खानपानको स्तर नमिल्ने भएपछि अस्पतालमा बिरामीको एक्कासि चाप बढेको सिद्धकाली हस्पिटल प्रालिले जनाएको छ। रासस