इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगअन्तर्गत विहिबार रातीको खेलमा टर्किस क्लब फेनरबाच्सेसँग स्तब्ध भएको छ। भ्रमणकारी इङ्लिस क्लबलाई २–१ गोलले हराउने क्रममा समूह ‘ए’ मा ४ खेल खेल्दै ७ अंक बटुलेर टर्किस क्लब शीर्षस्थानमा उक्लिएको छ।
यही समूहको अर्को खेलमा फेनूर्डलाई जोरा लुहानस्कले १–१ को बराबरीमा रोकेपछि फेनरबाच्से समान ७–७ अंकका साथ शीर्षस्थानमा उक्लिएको हो। फेनूर्डको पनि ७ अंक छ। युनाइटेडको भने ६ अंक छ। टर्किस क्लबसँगको पराजयपछि समूह ‘ए’ को तेस्रो स्थानमा झरेको इङ्लिस क्लबको अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावनामा गम्भीर धक्का लागेको छ।
विहिबार ६५ सेकेन्डमा गोल गर्दै मौसा सोउले म्यानचेस्टरलाई स्तब्ध पारेका थिए। अझ ५९ सेकेन्डमा जेरेमिन लेन्सले अर्को गोल थपेपछि म्यानचेस्टर पराजयन्मुख बनेको थियो। कप्तान वायनी रोनीले ८९ मिनेटमा म्यानचेस्टरका लागि सान्त्वना गोल गरे। म्यानचेस्टरलाई पहिलो हाफमै आफ्नो महंगा मिडफिल्डर पाउल पोग्बा खुट्टाको चोटका कारण बाहिरिनु परेपछि गम्भीर धक्का लागेको थियो।