टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कामय राखेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा टोटनह्यामले आर्सनललाई १–१ को बराबरीमा रोक्दै प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको हो।
यो बराबरीले शीर्ष स्थानमा जाने वा शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्ने आर्सनललाई धक्का लागेको छ।
खेलको ४२ औं मिनेटमा टोटनह्यामका केविन विम्मरले आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो । तर ५१ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ह्यारी केनले टोटनह्यामका लागि बराबरी गोल फर्काए।
यो बराबरी पछि चौथो स्थानमा झरेको आर्सनलको तेस्रो स्थानको म्यानचेस्टर सिटी समान २४ अंक छ। पाँचौं स्थानको टोटनह्यामको २१ अंक छ ।