मालीको मोप्टी क्षेत्रमा आइतबार भएको एक आक्रमणमा परी टोगोबाट आएका संयुक्तराष्ट्र सङ्घीय एक शान्तिसेना दुईजना मालीका नागरिक मारिएका छन्।
सयुक्त राष्ट्रका प्रवक्ताद्वारा सोमबार जारी विज्ञप्तिमा सो जानकारी दिइएको छ।
यस आक्रमणको क्रममा मालीमा स्थायित्वको लागि संयुक्त राष्ट्र सङ्घले माली मिसन (मिनुस्मा) अन्तर्गत पठाएका सातजना शान्ति सेना घाइते पनि भएका छन्।
यस भीषण आक्रमणको संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुनले कडा शब्दका निन्दा गरेका छन्। आक्रमणकारीलाई न्यायको कठघरामा उभ्यिाउनुपर्ने समेत उनले प्रष्ट पारेका छन्।
तर यस आक्रमणमा कसको हात रहेको सो भने तत्काल प्रष्ट हुनसकेको छैन। राजनीतिक प्रक्रिया र स्थायित्वको लागि सुरक्षा निकायलाई सघाउन मिनुस्माको स्थापना सन् २०१३ का भएको थियो तर मिनुस्मामाथि मालीमा बारम्बार आतङ्ककारी आक्रमणमा हुँदै आएको पाइन्छ। रासस/सिन्ह्वा