‘गोलमेसिन’ को उपमा पाएका नवयुग श्रेष्ठले पहिलो हाफको थप गरिएको दुई मिनेट भित्र गोल गरेपछि नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत ब्रुनईविरूद्ध पहिलो हाफको खेलमा १–० को अग्रता बनाएको छ। उनले ४७ मिनेटमा डिबक्स भित्र पाएको अवसरलाई सहजै गोलमा परिणत गरे। पहिलो हाफको ४७ मिनेटमा नवयुगले डिबक्स भित्रबाट गोल गरेका हुन्।
मिडफिल्डर हेमन गुरुङले डिबक्स बाहिरबाट गरेको प्रहार ब्रुनईको गोल पोस्टमा उभिएका मिडफिल्डर हाइरोल अजामनले क्लियर गर्न नसक्दा नजिकै रहेका नवयुगले गोलमा परिणत गरेका थिए। नेपालले सातौ टचमा यो गोल गरेको थियो। सुरुमा मिडफिल्ड अगाडिबाट डिफेन्डर अनन्त तामाङले हेमनलाई बल उपलब्ध गराएका थिए।
उनले थप दुई खेलाडीको सहयोगले लामो प्रहार गरेका थिए। जुन बललाई अन्तत नवयुगले गोलमा परिणत गरे।