लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा गोल गरेका विमल घर्तीमगर मंगलबार ब्रुनईविरूद्धको खेलमा वेष्ट इन्डिज क्रिकेटका अलराउन्डर ड्वान ब्राभोको अवतारमा प्रस्तुत भए।
उनले ८० मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि ब्राभोको ‘स्टाइल’मा ‘सेलिब्रेसन’ गरेका थिए। उनलाई मैदानमा त्यतिबेला डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर विक्रम लामाले पनि साथ दिएका थिए। वेष्ट इन्डिजका अलरान्डर ब्राभो क्रिकेट मैदानमा ‘च्याम्पियन’ टाइटलको आफ्नो गीतमा विशेष किसिमको नाचका कारण चर्चामा रहने गर्छन्।
नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत मंगलबारको खेलमा ब्रुनईलाई ३–० ले हराएको छ।