फाइल फोटो
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको कार्यमा नेपाली काँगे्रसले अग्रसरता लिने बताएका छन्।
पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले आफू तराईका जनतामा रहेको नैराश्यता हटाउन र मौलिक अधिकारबारे उनीहरुलाई जानकारी दिन आजदेखि मध्यतराईको भ्रमणमा निस्केको बताए।
वरिष्ठ नेता पौडेलले आफ्नो दलले मधेसवादी लगायतका दलहरुसँग समझदारी बनाएर संविधान संशोधन र निर्वाचनका लागि सहज वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह दृढता प्रकट गरे।
नेकाभित्र नेता र कार्यकर्ताबीच नेतृत्वको प्रतिस्पर्धा भन्दा पनि अन्य दलसँग पार्टीको प्रतिस्पर्धा रहेको उनले उल्लेख गरे।
उनले पार्टीद्वारा सञ्चालित इन्टरनेट वेबसाइटको पनि शुभारम्भ गरे।
काँग्रेस नेता शोभाकर पराजुली र सांसद इन्द्रबहादुर बानियाले मुलुकको प्रजातन्त्र र राष्ट्रिय अखण्डतामा आँच नपुग्ने गरी मधेसी जनताको बृहत्तर हितमा संविधान संशोधन हुनुपर्ने धारणा प्रकट गरे। रासस