भारतीय टेष्ट कप्तान विराट कोहलीले नयाँ किर्तिमान बनाएका छन्। विशाखापट्टन क्रिकेट मैदानमा विराट कोहलीले सर्वाधिक १६७ रनको पारी खेलेसँगै नयाँ किर्तिमान बनेको हो। उनले एक वर्षमा टेष्ट, टी-२० र वान डे तीनै प्रारूपका क्रिकेटमा ५०० भन्दा बढी रन बनाउने पहिलो खेलाडी बनेका छन्।
विराट कोहलीले इंग्ल्याण्डविरूद्ध दोस्रो टेस्टमा 267 बलमा १८ चौकासहित बनाएको १६७ रन समेत समावेश छ। विराट कोहलीले यो वर्ष टेस्ट क्रिकेटमा खेलेको ९ खेलबाट १३ पारीमा २ दोहोरो सतक र ३ सतकसहित ८१६ रन बनाए।
यस्तै वान डेमा विराटले यो वर्ष १० खेलबाट ९२ रनको औषतमा७३९ रन बनाए। जसमा ३ सतक र ४ अर्धसतक समावेश छ। टेस्ट र वानडे भन्दा उत्कृष्ट प्रदर्शन गरेका कोहलीले ट्वान्टी-२० फर्मेटमा यो वर्ष १५ खेलबाट १०६ औषत रनमा ६४१ रन बनाएका छन्। जसमा ७ अर्धसतक समावेश छ।