खहरे आमा समूह पोखराले फेवातालस्थित खहरे घाट वरपर बगैँचा निर्माण गर्ने भएको छ।
फेवाताल र आसपासका क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यहाँको सुन्दरतालाई थप परिष्कृत बनाउने र सामाजिक विकृतिविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरी नमुना समाज बनाउने लक्ष्य राखिएको समूहको शुक्रबार यहाँ आयोजित तेस्रो वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनका अवसरमा समूहका सचिव मैयाँ थापाले जानकारी दिइन्।
समूहले प्रत्येक महिनाको तेस्रो शनिबार फेवाताल वरपर र खहरे क्षेत्रमा सरसफाइ गर्दै आएको छ। समूहका अध्यक्ष नानीमैयाँ सिग्देलले भूकम्पबाट पीडित सर्वसाधारणको सहयोग, बाढी प्रकोपबाट पीडितको सहयोग लगायत काममा बढिरहेको महिला सक्रियता प्रशंसायोग्य भएको बताइन्। रासस