च्याम्पियन्स लिगअन्तर्गत सेभिल र युभेन्ट्सबीचको खेल अगाडि एक फुटबल समर्थकमाथि स्पेनको राजधानी म्याड्रिडमा चक्कु प्रहार भएको छ। सेभिल प्रहरीका अनुसार परिचय खुल्न नसकेको फुटबल समर्थकलाई सिटी सेन्टरनजिक एउटा बारमा विवाद बढ्दा चक्कु प्रहार गरिएको थियो। ती समर्थकलाई अस्पताल भर्ना गरिएको छ।
सुरक्षा अधिकारीले चक्कु प्रहार गरिएका व्यक्तिको स्वास्थ्यस्थित चिन्तामुक्त रहेको बताएका छन्। सोमबार म्याड्रिडमा भएको थप घटनामा अन्य दुई व्यक्ति सामान्य घाइते भएका छन्। अधिकारीका अनुसार सेभिलका समर्थकले म्याड्रिडदेखि दक्षिणतिर युभेन्ट्सका समर्थकमाथि आक्रमण गरेका थिए। प्रहरीले खेलपूर्व हुनसक्ने झडपलाई रोक्न थप सतर्कता अपनाएका छन्।
मंगलबार सेभिलको रामोन सान्चेज पिजुआन रंगशालामा हुने खेलका लागि ८ सयभन्दा बढि सुरक्षाकर्मीलाई तैनाथ गर्न लागिएको छ।