इङ्ल्यान्डका पूर्व कप्तान स्टेभन जेरार्डले १९ वर्ष लामो आफ्नो फुटबल करिअरबाट विश्राम लिएका छन्। लिभरपुरका पूर्वकप्तान रहिसकेका जेरार्ड २०१५ देखि अमेरिकाको एलए ग्यालेक्सीबाट व्यावसायिक फुटबल खेलिरहेका थिए।
३६ वर्षीय जेरार्डले लिभरपुलबाट ७ सय १० खेल खेल्ने क्रममा नौवटा ट्रफी क्लब भित्रयाउन योगदान गरेका थिए। उनी इङ्ल्यान्डबाट सर्वाधिक खेल खेल्ने चौथो खेलाडी हुन्। उनले इङ्ल्यान्डका लागि १ सय १४ खेल खेलेका थिए। उनको कप्तानीमा इङ्ल्यान्डले तीन महत्वपूर्ण प्रतियोगिता खेलेको थियो।
गेरार्डले ‘ए’ लाइसेन्स कोर्ष गरेका कारण उनी सेल्टिक, न्युक्यासल र लिभरपुलमध्ये कुनै एक क्लबमा प्रशिक्षक बनेर फुटबलमा फर्किन सक्ने सम्भावना रहेको छ।
जेरार्डको कप्तानीमा इङ्ल्यान्डले खेलेको ३८ खेलमा २० मा जीत निकालेको थियो। उनी २००८ मा फाबियो कापेलोको प्रशिक्षणमा पहिलोपल्ट कप्तान बनेका थिए। उनी २०१० र २०१४ को विश्वकपमा पनि कप्तान थिए।
सन् २००५ मा लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जित्दा उनी कप्तान थिए। उनले रेड डेभिल्सका लागि १ सय ८६ गोल गरेका छन्।