कोही गर्लफ्रेन्डसँग कुरागरि रहेको होस वा श्रीमतिसँग कुरा गरी रहेको होस यदि स्कुटरमा कुनै महिलाले स्कर्ट लगाएर सर्रर आएको देखेमा एसो टाऊको बटारेर अन्तै हेरे झै गरेर त्यतै कतै हेर्दछ । मानिसले के भेट्छ थाहा छैन तर नाङ्गो र कपडा बीचको अन्र्तसंधर्षले मानिसलाई उत्तेजीत र एवनर्मल बनाऊँदछ । जब स्कुटर ओझेल पर्दछ त्यस पछि फेरी नाटक गर्दछ कि उसलाई त्यस्ता झारेझुरे नाङ्गा पिडौलाको कुनै मतलव छैन । मतलव हुनु र नहुनुको बीचमा पनि अन्र्तद्धन्द्ध चलीरहेको छ मानिसमा ।
यो अनर्तद्वन्द हरेक ठाँऊमा छ । हरेक गाँऊमा र राजनीतिमा पनि छ । यो लेख कसैको धोतीचोलो र दौरा सुरुवाल कुन साइजको हुनु पर्दछ भन्ने वकालत गर्दैन । किनकि मानिसले कपडा लगाउनै पर्दछ भनेर कुनै कानुन बन्न सक्दैन यदि बनेको छ भने त्यो बदरभागि हुन्छ । पोशाकहरु कुनै संस्थासँग गरिएको करारमा आधारित भएर लगाईन्छ । आम मानिसलाई कुनै कानूनले कपडा लगाउनै पर्दछ भनेर वाध्य पार्न सक्दैन । सामाजीक मर्यादाकोलागि कपडा लगाइन्छ र त्यसमध्ये पनि लाजका अंगहरु ढाक्न अलि बढी कोशीस गरिन्छ।
आज समाजमा , राजनीतिमा र व्यवहारमा देखिएका अधिकाँश समस्याहरु यस्तै धेरै देखाउने र अलिकति लुकाउने प्रवृतिबाट सिर्जित भएका छन् । यदि मानव सभ्यताको प्रारंभवाट कसैले कपडा नलगाएको भए दुनियाँ आज जति असुरक्षिीत भएको छ । त्यति हुने थिएन र बलत्कार जस्ता घटना त सायद हुने नै थिएनन् । त्यसै गरी शासकहरुले गर्ने व्यवहार , उनीहरुको खर्च , लगायत ,सबैकुरा मानव सभ्यताको शुरुदेखिनै पारदर्शी अर्थात नाङ्गो हुने भएको भए भ्रष्टाचार , अनुचित लाभ , ढिलासुस्ति केही पनि हुने थिएन ।
आजको राजनीतिमा प्रत्येकलाई भ्रष्टाचारको विरोध गर्ने जस्तो बन्नु परेको छ , देशलाई अति माया गरे जस्तो देखाउनु परेको छ , देशको ढिकुटिरुपी कँचौडोबाट आफ्ना आसेपासे पाल्नु परेको छ र आफ्नो तलब भत्ता बढाउनको लागि कुस्ति खेल्नु परेको छ । कहिले बिहानी पख भारतवादी , दिऊँसमा अमेरिकावादी र साँझपख चीनवादी बन्नु परेको छ । यस्तै असम्ञ्जस्यमा देश कहिलेसम्म चल्ने हो बडा अचम्म छ । प्रत्येकको मन दोधारमा छ । कति सम्म साधु बन्ने कुन हद पछि काशीको विरालोले जस्तो मुसा टिप्न थाल्ने । आफ्ना राम्राकुराहरुलाई सवैले देख्नेगरी नङ्याउनुपरेको छ बाँकि भ्रष्टाचार , दोधारे कुराहरु र कुकृतिहरुलाई लुकउनु परेको छ र यसैले गर्दामात्र अहिलेसम्म पेन्टी र अन्डरबियरको व्यापार चलेको छ ।
आजको मितिमा राष्ट्रियता पुर्णरुपमा अन्तरधारमा छ । जसरी पहँुचवालाको तन र मन बाँडिएको छ । त्यो हेर्दा लाग्छ हाम्रोदेशको भविश्यपनि यस्तै दोधारमा छ यसले कहिले कता कोल्टे फेर्ने हो बुझ्न सकिएको छ । आज नेता , पहुँचवाला र उच्च पदस्थ निर्णयकर्ताहरुको मन पुर्ण रुपमा बिभाजीत छ । मुल रुपमा सबैले आफ्नो दुनो सोझ्याउन चाहेकाछन तर ऐन मौकामा त्यो कुरा लुकाउन चाहेका छन् । आज नेपालमा अधिकाँश मानिस लज्जावति झार झै कसैले नदेख्दा खुला हुने र अरुले देखेमा छोएमा मज्जाले मुर्झाउने व्यवहार गरीरहेका छन् ।
कोही स्पष्ट देखिदैन , कुरा एकातिर बडो सज्जन र शालिनताका भै रहेका हुन्छन् तर मन अर्को तिर बटारिएको हुन्छ । संविधान कार्यन्वयन किन रोकिएको छ ? चुनावमा विवाद किन भै रहेको छ ? मधेशीमोर्चाले चाहेको के हो र मधेशका जनताले चाहेको केहो ? मधेशी मोर्चाले सम्पुर्ण आदिवासी र थारुको नेतृत्व गर्छ कि गर्दैन ? यस बारेमा कुनै राजनीतिक नेता स्पष्ट छैन । सधै सबैले स्कर्टमात्र लगाएर हिड्ने अनि नचाहिने देखाउने चाहिने लुकाउने । कम से कम नेता त स्पष्ट हुनु प¥यो । सबै स्कर्टको भरमा बसिदिने अनि देशको बिकास हुन्छ ?
एक नंवर ७ नंवर प्रदेश अखण्ड चाहिने अनि ४ र ५ प्रदेशलाई मनपरी काँट छाँट गर्न पाईने । कस्तो राजनीति हुँदैछ यहाँ । चीन र भारतबाट खुलासिमाना मार्फत नेपाल छिरेका सबैलाई नगरिकता दिने हो हो भने नेपाल र नेपाली कहाँ रहन्छन् । देश के हुन्छ ? सबैलाई थाहा छैन यो समस्या । किन कुरा चपाएर बोली रहेकाछन् नेताहरु । देशका प्रत्येक नेता यदि वास्तिविक नेपाली हो भने एक ठाँऊमा बसेर एउटा साझाधारणा बनाऊ । नेपालको नागरिकता भनेको विश्वको सबै भन्दा उच्च नागरिकता हो किनकि प्राकृतिक रुपमा सबैभन्दा उच्च स्थान यहाँ छ । यस्तो देशको नगरिकता शिवरात्रीको गाँजाझै केही पैसामा बेच्दै नहिडौ ।
नेता जति कोही भारतवादी , कोही चीनवादी बाँकि डलरवादका ठिमाहाहरु भै दिने हो भने देशको भविश्य के होला र हाम्रो भविश्य के होला ?कुनै पार्टिको कुनै नेताको दृष्टिकोण स्पष्ट छैन । संविधान कार्यन्वयन , आवधिक चुनावहरु संघियता , मधेश समस्या आदि कुनै पनि विन्दु कसैले आफ्नो धारणा स्पष्ट राख्न सकेकाछैनन् । आफ्नी श्रीमति वा गर्लफ्रेण्डको विश्वास पनि नगुमोस र स्कर्टभित्र केही भेटिई हाल्छ कि त्यो पनि नछुटोसको दोहोरो मनस्थिती भएका नेताले गर्दा देश न यता न उता भै रहेको छ ।
समाचार सुन्दा दिग्दार लाग्छ अख्तियारको डरले काम ठप्प । सोझो मेसाले देश बिकासको कामगर्न अख्तियार रोक्छ । रोक्न मिल्छ । बरु सिुधै भने भै हाल्यो नि अख्तियारको डरले घुस खान पाइएन , घुस खान नपाएपछि तलवमात्र त्यसै खान पाइएको छ काम किन गर्नु प¥यो ? बडो अचम्मकोसाथ देश एउटा अधकल्चो मझधारमा उभिएको छ । भोली केहुन्छ र के गर्नु पर्दछ भन्ने सोँच कसैसँग छैन ।
आजको नेपालमा भोलीको लागि सोचेर कसैले केहीे काम गरेकै छैन । तत्काल जताबाट काम गर्दा आफुलाई केही लाभ हुन्छ त्यतिमात्र काम भै रहेको छ यहाँ । देशमा एक प्रकारको गणतन्त्रिक अनुसासन कायम हुन सकेको छैन । गणतन्त्र भनेको त्यस्तो शासन हो जहाँ जनताले जनताको कल्याणकोलागि शासन गर्दछन् भन्ने मान्यता राखिन्छ । तर नेपालमा शासन जनताको कल्याणको लागि भै रहेको छैन । यस्तो नहुनुमा एउटा सरकार , केही नेतामात्र दोषि छन् भन्न खोजेको होईन । धेरै , धेरै तिरबाट दोषिछन् । हाम्रो गरिवी पनि दोषि हो , भु राजनीतिक अवस्था पनि दोषि हो , छिमेकीको शक्ति पनि दोषि हो तर सबै भन्दा दोषी हाम्रो अस्थिर मनस्थिथिति हो । जसले ठाँऊ अनुसार आफ्नो वाद र विचार परिस्थिति अनु,सार परिवर्तन गरी रहेको छ ।
नेताले मधेशी मोर्चासँग एकथरी कुरा , सुदुर पश्चिममा गएर एउटा कुरा , पुर्वमा गएर अर्को कुरा , अनि सिंहदरवारमा अर्को गर्ने दोभाषे प्रवृतिलाई नछोडेसम्म यो देशको अस्तित्व बडो दोधारमा छ ।